|
|
|
बालबालिका खोजतलास समन्वय केन्द्र
National Center For Children at Risk
भृकुटीमण्डप, काठमाण्डौ ।
फोन नं. ४२२६००६
पृष्ठभुमि:
परिवार, समाज र राज्यको सुरक्षा र संरक्षण पाउनु पर्ने बालबालिकाहरुको ओसारपसार, बेचविखन, बन्धक बनाउने बलात्कार र हत्या गर्ने, अपहरण गर्ने, हराउने लगायतका घटनाहरुमा बृद्धि भैरहेको र त्यस्तो घटनाहरुको सूचना र जानकारीहरु दिने निश्चित केन्द्रिय निकाय नभएको वर्तमान परिप्रेक्ष्यमा नेपाल नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति, नेपाल प्रहरी र बाल अधिकारवादी संस्थाहरुको सहकार्यमा "बालबालिका खोजतलास समन्वय केन्द्र" (National Center for Children at Risk Center) मिति २०६३ मंसीर २२ गते देखि सन्चालन हुने गरी समाज कल्याण परिषदको भृकुटी मण्डप स्थित एक भवनमा सर्वसाधारणको पहुंचहुने गरि बालबालिका खोजतलास केन्द्रको कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्न केन्द्रीय बाल कल्याण समितिको संयोजकत्वमा देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । यस समितिले आवश्यक निति निर्माण, कार्यविधि तर्जुमा, श्रोत परिचालन, समन्वय लगायतका सम्पुर्ण नितिगत कार्यहरु गर्ने छ ।
राष्ट्रिय समन्वय समितिमा निम्नलिखित पदाधिकारी रहनेछन् ।
-
संयोजक, सहसचिव, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
-
सदस्य सचिव, कार्यकारी निर्देशक, केन्द्रीय बाल कल्याण समिति
सदस्यहरुः
श्री प्रतिनिधि,सूचना तथा सञ्चार मन्त्रालय
श्री प्रतिनिधि,नेपाल प्रहरी
श्री प्रतिनिधि, समाज कल्याण परिषद्
श्री प्रतिनिधि ,नेपाल पत्राकार महासंघ
श्री प्रतिनिधि, नेपाल रेडक्रस सोर्साईटी
श्री प्रतिनिधि,युनिसेफ नेपाल
श्री प्रतिनिधि, AIN
श्री प्रतिनिधि, बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु मध्ये राष्ट्रिय समन्वय समितिबाट मनोनयन हुने कुनै चार संस्थाहरु राष्ट्रिय समन्वय समितिको सचिवालय केन्द्रिय बाल कल्याण समितिको सचिवालयमा रहने छ ।
सांगठनिक स्वरुप
 उद्धेश्य
बालबालिका खोजतलास समन्वय केन्द्रको सामान्य उद्धेश्य बालबालिकाहरुको ओसारपसार, बेचविखन, बन्धक बनाउने, बलत्कार र हत्या गर्ने जस्ता अपराधिक एंव कुत्सित मनसायले गर्ने अपहरणका घटनाहरुलाई प्रभावकारी रुपमा रोक्नु र निर्मुलन गर्नु हो ।
यसले हराएका, बेपत्ता भएका/पारिएका र जुनसुकै उद्धेश्यकालागि अपहरण गरिएका बालबालिकाहरु सम्बन्धि आवश्यक सुचना र जानकारीहरु संकलन गर्ने र अभिभावक, बालबालिका, कानुन कार्यान्वयन गर्ने निकायहरु, विद्यालय, समुदाय लगायत सबै सम्बन्धित निकायहरुमा प्रभावित गर्ने र बालबालिकाहरुको ओसारपसार, बेचविखन, बन्धक बनाउने, बलत्कार र हत्या गर्ने जस्ता अपराधिक क्रियाकलाप विरुद्ध गर्नुपर्ने कार्यहरु सम्बन्धि जनचेतना जगाउने कार्य गर्नेछ ।
मुख्य क्रियाकलापहरु
-
बालबालिकाहरु हराउने, अपहरण हुने र अन्य अपराधिक क्रियाकलाप हुने वित्तिकै बालबालिका खोजतलास समन्वय केन्द्र मा अभिलेख गर्ने ।
-
हराउने, अपहरण हुने र अन्य अपराधिक क्रियाकलापको जानकारी दर्ताहुने वित्तिकै हराउने बालबालिकाको संभव भएसम्मको विवरण सहित सरकारी र निजी प्रसारण/प्रकाशन माध्यम टेलिभिजन/रेडियो/एफएम/एसएमएस र पत्रपत्रिकाहरुमा लगातार सुचना प्रसारण गर्ने ।
-
प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत संघसंस्थाहरु, विद्यालयहरु, सिमा क्षेत्रमा कार्यरत निकायहरु लगायत यस क्षेत्रमा कार्यरत निकायहरुसंग सुचना आदान प्रदान सन्जाल बनाउने, समन्वय र सहकार्य गर्ने ।
-
फेलापरेका बालबालिकाहरुलाई आवासीय सुविधा प्रदायकहरुसंगको सहकार्यमा तत्काल बस्ने तथा आैषधी उपचारको व्यवस्था गर्ने ।
-
भेटिएका बालबालिकालाई अभिभावक र परिवारमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउने ।
|