News
____________________________________________________________________
निशुल्क टेलिफोन नं. १०४ को सम्माननीय प्रधानमन्त्री श्री गिरीजा प्रसाद कोइरालाज्युबाट उदघाटन ।
परिवार, समाज र राज्यको सुरक्षा र संरक्षण पाउनु पर्ने बालबालिकाहरुको अपरहण, चोरी, हराउने र हत्या लगायतका घटनाहरु बृद्धि भैरहेको र त्यस्ता घटनाहरुको सूचना र जानकारी दिने निश्चित केन्द्रीय निकाय नभएको परिपक्षमा नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, केन्द्रीय बालकल्याण समिति, नेपाल प्रहरी र बाल अधिकारबादी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा स्थापित बालबालिका खोजतलास समन्वय केन्द्र (National Center for Children at Risk) का लागि प्राप्त १०४ टोल फ्रि टलिफोन नम्बरमा सम्माननीय प्रधान मन्त्री श्री गिरीजा प्रसाद कोइरालाज्यूबाट माननीय महिला, बालबालिका तथा समाजकल्याण राज्य मन्त्री श्रीमती उर्मिला अर्यालज्यूलाई फोन गरी शुभारम्भ गरिएको छ ।
विगत केही समय देखि बालबालिकाको अपहरण, चोरी, हराउने र हत्या लगायतका घटनाहरु बढिरहेको सन्दर्भमा त्यस्ता घटनाको सूचना र जानकारी दिन २०६३।११।२३ गते बाट १०४ नम्बरको टोल फ्रि सेवा संचालन भएको हो । निशुल्क रुपमा सेवा प्राप्त गर्न सकिने यो नम्बर हाल राजधानीको उपत्यकाबाट सम्पर्क गर्न सकिन्छ भने निकट भविष्यमै अधिराज्यभरबाट यो सुबिधा प्राप्त गर्न सकिनेछ । यसै अवसरमा प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाज्यूले यस केन्द्रको स्थायित्वका लागि फोन मार्फ सरकारको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।केन्द्रको स्थापना कालदेखि हाल सम्म तीन महिनाको अवधिमा देश भरमा ६३९ जना बालबालिका हराएको निवेदन पर्न आएकोमा ३०२ जना बालबालिकाहरु फेला परी पुर्नमिलन गर्राई सकेको छ भने बेवारिसे अबस्थामा फेला पारिएको १३२ बालबालिकाहरु मध्ये १०२ जनालाई सम्बन्धित अभिभावकलाई बुझाई सकिएको र ३० जनालाई विभिन्न बालगृहहरुमा संरक्षणको लागि राखिएको छ ।
Fact Sheet
____________________________________________________________________
हराएका तथा फेला परेका बालबालिकाको विवरण
Events
____________________________________________________________________